काठमाडौँ, ८ पुस : नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् ।
मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने आफूलाई लागेको उनको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको सपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको पक्षमा बन्छ भन्ने कुरा भन्न मुस्किल रहेको बताए ।
‘सरकारको नेतृत्वमा को आउनु हुन्छ? कांग्रेस आउनु हुन्छ कि माओवादी केन्द्रको आउनु हुन्छ कि! अब ठूला शक्ति भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर अगाडि जाँदा अलि दीर्घकालीन स्थायित्वका निम्ति पनि हितकर हुन्छ भन्ने मेरो अडान रहँदै आएको छ’, उनले भने ।







