झापा, ७ मंसिर । नेकपा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
झापा क्षेत्र नं २ (१)बाट उम्मेदवार बनेका कार्की १२ हजार ६५१ मतान्तरले निर्वाचित बनेका हुन् । उनले १८ हजार ७३१ मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्प पोखरेलले ६०८० मत ल्याएका छन् ।
अन्तिम मत परिणाम आइसकेपनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ । मतगणना सकिसकेको बताउँदै निर्वाचन अधिकृत केशवप्रसाद पन्तले केहीबेरमा विजयी उम्मेदवार घोषणा गर्ने जानकारी दिएका छन् ।







