Logo

एमालेका राजन भट्टराईलाई हराउँदै गगन काठमाडौं-४ बाट तेस्रो पटक निर्वाचित



काठमाडौँँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रो पटक निर्वाचित भएका छन् । महामन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराएर जित निकालेका छन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै थापा विजयी भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेमा छन् । थापा ७,४५७ मतान्तरले विजयी भएका छन् ।

थापाले २०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईलाई नै पराजित गरेका थिए । थापाले २०७० मा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्