Logo

एमालेको अवरोधका कारण संसद् बैठक स्थगित



काठमाडौँ, २३ साउन । नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि फेरि संसद् अवरुद्ध गरेका हुन् ।

एमालेले संसद् अवरुद्ध गर्नुअघि विभिन्न दलका नेताले बोलेका थिए भने गृहमन्त्री श्रेष्ठले पनि जवाफ दिएका थिए । तर फेरि पनि एमालेका सांसदले सिटबाट उठेर नाराबाजी गर्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्