काठमाडौँ, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्नेछ ।
हिजो बसेको पोलिटब्युरो बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको तयारी, उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका ११ एजेण्डा तय गरेको छ ।







