Logo

एमालेको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौँ, १५ कार्तिक । नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मङ्गलवार दिउँसो काठमाडौँ याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको `समृद्ध नेपाल सुखी नेपाली´ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा देशको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणापत्र सार्वजनिक भएसँगै अहिले `ओलीसँग लाइभ डिबेट´ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्