Logo

एमालेको नेतृत्वमा देश विकास सम्भव: पोखरेल



दमौली, १३ साउन । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् ।

नेकपा (एमाले)शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरेका छन् ।

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताए । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोख्रेलले भने ।

प्रतिक्रिया दिनुहोस्