Logo

‘एमालेको बटमलाईन अर्थमन्त्रीको राजीनामा वा बर्खास्ती’



काठमाडौँ, २२ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाति काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने बताए । उनले सरकारी डकुमेन्ट गायव बनाएको र सीसीटीभी फुटेजसमेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे ।

उक्त घटनाका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग गरेको उनको भनाइ छ । उनले छानविन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे ।

सीसीटीभी फुटेज मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्