Logo

एमालेको मधेश प्रदेश अधिवेशन सर्‍यो



जनकपुर, १९ भदौ । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ ।

नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।

प्रतिक्रिया दिनुहोस्