उदयपुर, २६ मङ्सिर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोशी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको हो ।
ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट ठूलो संख्यामा नेता-कार्यकर्ता तथा सर्वसाधारण उपस्थित रहेको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।
एमाले नेताको विरोधस्वरूप पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा गरिएको छ ।







