काठमाडौँ, १९ असार । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को सचिवालय बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।
उक्त बैठकमा आउँदो संघीय निर्वाचनको तयारी तथा समसायिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
निर्वाचनसँगै प्रचार कामको व्यवस्थापन, वैचारिक-राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत सात कार्यसूचीमा छलफल हुने पार्टीको प्रचार उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।







