Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौँ, ३० असार । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुनेछ ।

यस्तै पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्