काठमाडौँ, २५ फागुन । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकारमा सहभागी भएपछिको अवस्थामा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।





