Logo

एमालेको सचिवालय बैठक सुरु



काठमाडौँ, १३ असोज । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवार मनोनयन हुँदै छ । प्रत्यक्षतर्फको उमेदवार, निर्वाचनमा राप्रपा, लोसपालगायतका दलहरूसँगको तालमेलबारे पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्