Logo

एमालेको सचिवालय बैठक स्थगित



काठमाडौँ, २३ मंसिर । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित गरिएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिएको बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन बैठक बोलाइएको थियो । एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्