Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै, चुनावी रणनीति बनाउने



काठमाडौँ, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको छ ।

आज बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले यही भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालकाअनुसार भदौ ७ गते स्थायी कमिटी बैठक, भदौ ९ गते पोलिटब्युरो बैठक, भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्