Logo

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता



काठमाडौँ, २४ साउन । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।

दल दर्ता गराउन नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि अहिले दल दर्ता गर्ने कार्यको सुरुवात गरिसकेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्