Logo

एमालेद्वारा संसद् बैठक बहिस्कार



काठमाडौँ, २२ असार । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ ।

बुधबारको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।

समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो । तर, सभामुखले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्