Logo

एमालेभित्र उम्मेदवार सिफारिस गर्दा कुनै विवाद छैन: पाण्डे



काठमाडौँ, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफ्नो पार्टीभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि ठाउँमा विवाद भएको सूचना नपाएको बताए ।

उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए पनि यो पटक तीन जनाभन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताए । तीन जनाभन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए ।

उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै अर्को निर्णय हुनसक्ने बताए ।

उनले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा टिकट पाउने पक्का भयो भनेर नसोच्न पनि आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्