Logo

एमालेभित्र विस्फोट हुन्छ, देशव्यापीरूपमा पहिरो जान्छ: खनाल



काठमाडौँ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले पार्टीभित्र विस्फोट हुने दाबी गरेका छन् ।

बुधवार नेपाल आदिवासी जनजाती महासङ्घ (समाजवादी) को काठमाडौँ जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी एमालेभित्र विस्फोट र विद्रोह हुने बताएका हुन् ।

उनले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने समेत जिकिर गरेका थिए । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अब एमालेभित्र पहिरो जाँदैछ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । एमालेले देशव्यापीरूपमा गलत कार्यदिशा लिएको छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विभिन्न खालका विस्फोट र विद्रोह हुन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्