Logo

एमालेमा नयाँ नेतृत्वका लागि आज निर्वाचन



काठमाडौं, १ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया आज निर्वाचनमार्फत अघि बढ्ने भएको छ। पदाधिकारी तथा केन्द्रीय कमिटीमा सर्वसम्मतको प्रयास सफल नभएपछि पार्टीले मतदानको बाटो रोजेको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने तयारी पूरा गरिएको छ। आवश्यक प्राविधिक तथा सुरक्षाका व्यवस्था मिलाइसकिएको आयोगले जनाएको छ।

अध्यक्ष पदमा सहमति जुट्न नसक्दा प्रतिस्पर्धा थप चर्किएको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार बनेपछि त्यसको असर अन्य पदहरूमा पनि देखिएको छ। दुवै नेताका प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता भएको छ।

पार्टी नेतृत्व चयनमा मतदान हुन लागेको यो प्रक्रियालाई एमालेभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। मतदान परिणामले पार्टीको भावी रणनीति र नेतृत्व संरचना स्पष्ट गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्