Logo

एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता छैन: पौडेल



बुटवल, ४ असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने बताए । एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको उनको भनाइ छ ।

उनले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै नेपाली कांग्रेससँग ‘बार्गेनिङ’ गरिरहेको जिकिर गरेका छन् ।

पौडेलले नेकपाको दुईतिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्