Logo

एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ: पोखरेल



काठमाडौँ, १९ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरि दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् ।

आइतवार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने जिकिर गरेका थिए । एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको दाबी थियो ।

उनले भने, ‘हामीले नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ । देशमा राजनीतिक अस्थिरता अन्त्य नगरिकन दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन । देशलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूमा विकसित गर्न जरुरी छ ।’

महासचिव पोखरेलले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन हुँदा देशमा अवैध अर्थतन्त्र, कालोबजारी, तस्करीलगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्