काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन् ।
काठमाडौँमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेको बताए ।
‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, ओलीले भने, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन-सठबन्धन बनिरहेको छ ।’ उनले भने, ‘गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन् । ’







