Logo

एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ: पौडेल



काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो आरोप लगाएका हुन् ।

उनले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ ।’

सांसद पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा पनि दिए । ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको भन्दै ओलीले सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका हुन् ।

उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गरेका छन्

प्रतिक्रिया दिनुहोस्