Logo

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती



काठमाडौँ, २६ असोज । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् ।

आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन् । उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्