काठमाडौँ, २४ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गर्दैछ ।
आज दिउँसो काठमाडौँको कान्तिपथस्थित आयोग कार्यालय पुगेर उनीहरूले दल दर्ताका लागि निवेदन दिन लागेका हुन् ।
दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग जाने जनाइएको छ ।







