काठमाडौँ, २ असार । नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ ।
पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ । प्रशिक्षण अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उक्त प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख गरी ४ सय ४५ जना जनप्रतिनिधि र पार्टीका शीर्ष नेताहरु सहभागी हुने उपप्रमुख रिजालले बताए ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई चुनावी घोषणा पत्र, आगामी दिनमा कसरी अगाडी बढेर जाने तथा राष्ट्रिय राजनीति लगायत विविध विषयमा पशिक्षण दिइने उनको भनाइ छ ।







