Logo

एमालेले एक करोडको राहत सामग्री पठाउँदै



काठमाडौँ, २१ कात्तिक । नेकपा (एमाले)ले जाजरकोट-भूकम्पका कारण पीडितलाई रु एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ ।

सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट खरिद गरेर राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडले जानकारी दिए । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्न आग्रह गरेकाले एमालले आवश्यक समन्वय गरी वितरण गर्ने जनाइएको छ ।

केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री तथा कम्बल र टेन्ट पनि वितरण गर्न लागेको छ । दुई चरणमा गरेर एमालले करिब रु एक करोड बराबरको राहत सामग्री पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्