Logo

एमालेले गरेका काम जनतासम्म पु¥याउन ‘मिसन ग्रासरुट’: रायमाझी



अर्घाखाँची, २० फागुन । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पु¥याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए ।

उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्