Logo

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ: उपाध्यक्ष पौडेल



कैलाली, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।

शुक्रवार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उपाध्यक्ष पौडेलले एमाले अहिले नयाँ गठबन्धन बनाउने खेलमा नरहेको बताएका छन् ।

उनले भने, ‘अहिले म तिथिमितितिर जान्नँ । हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍यो भने गठबन्धन भत्काउनु केही हप्ताको काम हो ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाए । उनले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताए । उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्