काठमाडौँ, १८ चैत । नेकपा एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष हुन् ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा काठमाडौँ-६ मा पराजित भएका थिए । बारा-२ को लागि भोलि बस्ने बैठकले उम्मेदवार छान्ने गुरुङले बताए ।
चितवन-२, बारा-२ र तनहुँ-१ मा आउँदो वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपचुनाव हुँदैछ ।







