Logo

एमालेले टोपबहादुर रायमाझीलाई गर्‍यो निलम्बन



काठमाडौँ, २७ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बुधवार विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

अहिले फरार रहेका रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सचिव रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्