काठमाडौँ, ४ माघ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा-२ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सभामुख चयनका लागि भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।







