Logo

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने



काठमाडौँ, ४ माघ । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा-२ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख चयनका लागि भोलि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्