काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक बोलाएको छ ।
मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो ।
उक्त बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।







