काठमाडौँ, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ ।
उक्त बैठक मध्यान्ह १२ बजे संघीय संसद भवनमा सुरु हुने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा १०० किलो सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।







