Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए ।

सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर सचिवालयको बैठकमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्