Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, ३० फागुन । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्