Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, १९ पुस । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

उक्त बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार १२:४५ बजे बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्