Logo

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्