जनकपुरधाम, ३० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।
जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३०औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।
तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।







