Logo

एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउँदै



काठमाडौँ, १० वैशाख । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता कार्य तालिका छ ।

एमालेले शुक्रबार स्थानीय निकायको निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको थियो । वैशाख ३० गते देशभरका स्थानीय निकायमा एकैपटक निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्