काठमाडौँ, २९ चैत । नेकपा एमालेले आउँदो वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।
पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यस पटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घोषणापत्रमा राख्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र प्रतिबद्धता जारी गर्दा पालिका र प्रतिनिधि सभा फरक ठाउँ भएकाले एउटै बनाउन नहुने बताए ।