Logo

एमालेले संसद्मा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ: यादव



काठमाडौँ, २४ असार । सत्तासाझेदार जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेकपा (एमाले)ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाइ छ ।

आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरे मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने उनको भनाइ छ ।

प्रमुख सचेतक यादवले प्रधानमन्त्रीले सबैलाई चित्त बुझाउने गरी संसद्मा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्