Logo

एमालेले समानुपातिकतर्फका उम्मेदवारकाे नामावली टुङ्गाे लगायाे



काठमाडौँ, ३ असोज । नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै चुनावको समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले संवैधानिक प्रावधानअनुसार सबै क्लस्टर समेटेर प्रतिनिधि सभाका लागि एक सय १० जना र प्रदेश सभाका लागि दुई सय २० जनाको नाम तय गरिएको बताए।

यो नामावली सोमवार निर्वाचन आयोगमा बुझाउने विभाग प्रमुख गुरुङले जानकारी दिए । यो सूचीमा केही तलमाथि हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्