Logo

एमालेले सार्वजनिक गर्‍यो आधिकारिक उम्मेदवार



काठमाडौँ, २८ असोज । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघ र प्रदेशका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातै जना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमालेले जनाएको छ ।

एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्