काठमाडौँ, १० साउन । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको सांसद रघुजी पन्तले जानकारी दिए ।
उनले भरियालाई मात्र पक्राउ गरेर नहुने भन्दै सुन ल्याउने मुख्य मान्छेलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा रहेको बताए ।





