Logo

एमालेसँग एकताको ढोका खुलेकै छैन: नेपाल



बुटवल, २५ असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकता वा गठबन्धनको ढोका नखुलेको टिप्पणी गरेका छन् ।

बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

एमालेसँग एकता वा गठबन्धनको च्याप्टर क्लोज भएको हो? भनेर पत्रकारले सोधेको प्रश्नमा नेपालले उल्टै प्रतिप्रश्न गरे, ‘एमालेसँग एकता वा गठबन्धनका लागि कहिले ढोका खुलेको थियो र बन्द हुनु? बरु हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ। हामीले उठाएका विषयवस्तुमा पनि कुनै परिवर्तन आएको छैन ।’

उनले बाम एकताका लागि भने प्रयास गरिएको बताए ।

वामदेव गौतमले तत्कालीन नेकपालाई ब्यूँताउन सकिन्छ कि भन्ने प्रयास गर्नुभएको छ, त्यसो भयो भने राम्रै हुन्छ भनेर हामी लागेका हौं’, उनले भने, ‘तर हामी दक्षिणपन्थी भासमा भास्सिन पनि चाहँदैनौँ, उग्रवामपन्थी लफ्फाजीमा पनि अल्मलिँदैनौं ।

प्रतिक्रिया दिनुहोस्