Logo

एमालेसँग जनतामाझ गएर भोट माग्ने हैसियत छैन: पौडेल



स्याङ्जा, ६ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग जनतामा गएर मत माग्ने हैसियत नभएको आरोप लगाएका छन् ।

पार्टीको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत आइतबार स्याङ्जाको पुतलीबजामा भएको कार्यक्रममा बोल्दै उनले राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने र एमालेसँग मत माग्ने हैसियत समाप्त भएको उल्लेख गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली देशको नेतृत्व गर्न नसक्ने असक्षम नेता भएको पनि बताए । जनताले दिएको करिब दुईतिहाइ म्यान्डेडको मर्मअनुरूप सरकारलाई पाँच वर्ष टिकाउन नसक्नु ओलीको असफलताको प्रमाण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्