Logo

एमालेसँग सरकार गठनबारे छलफल भइरहेकाे छ: महरा



फायल तस्बिर

बाँके, ९ पुस । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन् ।

एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उनको दाबी छ ।

प्रेस सेन्टर बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उनको भनाइ छ ।

उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैर बाम पार्टीको संयुक्त मोर्चा बनाउन ५/६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्